
काठमाडौं । गायक सनुप पौडेलले गीत ‘पलहरु’ सार्वजनिक गरेका छन् । मान्छेले आफूमा समेट्ने भनेकै आफू बाँचेका पलहरु भएको भाव समेटिएको गीतमा सफर पोखरेलको शब्द र रोमी बस्नेतको संगीत तथा एरेन्ज रहेको छ ।
सफर र सनुप पौडेलको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरुले अधुरो अपुरो र प्रश्न बोलका गीतमा सहकार्य गरिसकेका छन् ।
‘पलहरु’को भिडियोलाई कृपा अर्यालले निर्देशन गरेकी छन् । भिडियोमा असीम रानाभाट र रिकी राना फिचर्ड छन् । जीवन रिजालले खिचेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका छन् ।
सुनपका पहिलो पिरती, तिम्रो देशैमा, यस्तै सम्बन्ध, दैव हे लगायतका गीत चर्चित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4