+

यु–२० च्याम्पियनसिपमा बंगलादेशको लगातार दोस्रो जित

२०७९ साउन  ११ गते १८:३८ २०७९ साउन ११ गते १८:३८
यु–२० च्याम्पियनसिपमा बंगलादेशको लगातार दोस्रो जित

११ साउन, काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गतको खेलमा बंगलादेशले लगातार दोश्रो खेल जितेको छ । भुवनेश्वरमा भएको खेलमा बंगलादेशले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।

उपाधि दाबेदार भारतमाथि पहिलो हाफमा नै लिएको २–१ को अग्रता जोगाउँदै बंगलादेश विजय भएको हो ।

पहिलो हाफको २९ औं मिनेटमा बंगलादेशका फरवार्ड पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । भारतका गुरकिरत सिंहले ३४औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको अन्तिम मिनेटमा भारतीय खेलाडीले पेनाल्टी एरिया नजिकै बंगलादेशी खेलाडीलाई फल गरे । त्यसपछि पाएको पेनाल्टीमा पियास अहमद नोभाले गोल गर्दै बंगलादेशको अग्रता कायम राखे ।

पहिलो खेलमा श्रीलंकामाथि १–० को जित निकालेको बंगलादेश लगातार दोस्रो जित सहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो खेलमा सवा ७ बजे नेपालले श्रीलंकासँग खेल्नेछ ।

बंगलादेश साफ यु-२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय