
११ साउन, काठमाडौं । मधेश प्रदेशले अब होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटले होटल र साहसिक खेलमा पर्यटन शुल्क तोक्ने घोषणा गरेको छ । सोही अनुसार आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेको छ । तोकिएको दर अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक ५ हजार रुपैयाँ शुल्क प्रदेश सरकारलाई तिर्नु पर्नेछ ।
पर्यटक स्तरीय साधारण होटलले वार्षिक १० हजार र पर्यटक स्तरीय डिलक्स होटलले भने ४० हजार रुपैयाँ वार्षिक पर्यटन शुल्क तिर्नुपर्नेछ । यो केन्द्र सरकारले तोकेका अन्य करभन्दा छुट्टै प्रदेश सरकारले तोकेको शुल्क हो । डान्सबार, मोटेल, कफिसप, साउना, ज्याकुजी, जिमक्लब, स्विमङ पुल, हेल्थ क्लब, ब्युटीपार्लर र नाइट क्लब सञ्चालन गर्नेहरुले समेत अब पर्यटन शुल्क प्रदेश सरकारलाई बुझाउनु पर्छ ।
कुन होटललाई कति शुल्क ?
- साधारण होटेल : ५ हजार रुपैयाँ (एक वर्षसम्म नगरे शतप्रतिशत थप)
- पर्यटक स्तरीय साधारण : १० हजार रुपैयाँ (एक वर्षसम्म नगरे शतप्रतिशत थप)
- पर्यटक स्तरीय डिलक्स : ४० हजार रुपैयाँ (एक वर्षसम्म नगरे शतप्रतिशत थप)
- लज, रेष्टुराँ तथा रिर्सोट, पव तथा बार : ५ हजार (एक वर्षसम्म नगरे शतप्रतिशत थप)
- डान्सबार, मोटेल, कफिसप, साउना, ज्याकुजी, जिमक्लब, स्विमङ पुल, हेल्थ क्लब, ब्युटीपार्लर र नाइट क्लव : ५ हजार (एक वर्षसम्म नगरे शतप्रतिशत थप)
साहसिक खेलतर्फ समेत प्रदेश सरकारले वार्षिक पर्यटन शुल्क निर्धारण गरेको छ । निर्धारित शुल्क अनुसार अब साहसिक पर्यटन तथा जलयात्रा एजेन्सी, ट्रेकिङ एजेन्स, ट्राभल एजेन्सी, पर्यटक यातायातले प्रतिकम्पनी २५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । एक वर्षसम्म नतिरेमा शतप्रतिशत जरिवाना लाग्ने भएको छ ।
प्रतिक्रिया 4