
१२ साउन, लमजुङ । लमजुङमा खसेको पहिरोले डुम्रे–बेंसीसहर सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति खसेको ढुङ्गा र लेदो माटोसहितको पहिरोले सडक अवरूद्ध भएको हो ।
प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसकेको बताए । गएरातिदेखि आज बिहानसम्म पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।
गत भदौ महिनामा बेंसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा सडक बगेको थियो । त्यसपछि वैकल्पिक सडकका रुपमा त्यसकै माथिको जङ्गल हुँदै वैकल्पिक सडक बनाइए पनि गत असारको पहिलो हप्ता आएको पहिरोले सो सडकसमेत बगाएको थियो ।
वैकल्पिक सडकसमेत पटक–पटक अवरुद्ध हुँदा बेँसीसहर, मनाङ, काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ आउ-जाउ गर्न समस्या हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4