+
+

उपाध्यायको गीत ५० भाषामा, मन्त्री चौधरीले हस्तान्तरण गरे ‘विश्व रेकर्ड’को प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १०:००

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले लेखेको एक गीत नेपाली सहित ५० भाषामा तयार पारिएको छ ।

उनले विश्व रेकर्ड कायम गरेको भन्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

उपाध्यायले लेखेको ‘ढुकढुकीभित्र तिम्रो’ बोलको गीतलाई नेपालीसहित ५० भाषामा तयार पारिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषकै स्वर छ । यसैगरी हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ ।

यही गीतलाई नेपाली सहित हिन्दी, जापानी, चिनियाँ, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, उर्दु लगायतका ५० भाषामा तयार पारिएको हो ।

कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्यायमा अदभूत क्षमता रहेको भन्दै देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए ।

यसैगरी गीतकार संघका निवर्तमान अध्यक्ष चुण्डामणी देवकोटा, पूर्व राजदूत रमेशप्रसाद खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, खनाल समाजका अध्यक्ष केदारनाथ खनाल लगायतले बोलेका थिए ।

कार्यक्रममा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’ को कीर्तिमानी प्रमाण पत्र पनि डा. उपाध्यायलाई प्रदान गरिएको थियो ।

गीतकार डा. उपाध्यायका २८ एल्बम र दर्जन बढी उपन्यास प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?