१२ साउन, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल अष्ट्रियन क्लब साल्जवर्गसँग १-० ले पराजित भएको छ ।
इंग्लिस कम्युनिटी शिल्ड खेलअघि प्रि सिजन टुर अन्तर्गत अन्तिम खेलमा लिभरपुल पराजित भएको हो ।
साल्जवर्गलाई जित दिलाउन बेन्जामिन सेस्कोको ३१औं मिनेटमा गोल गरे ।
लिभरपुलले कम्युनिटी शिल्डमा शनिवार म्यानचेष्टर सिटीसँग खेल्नेछ ।
लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी डार्विन नुनेजले पहिलो रोजाइमा खेलेपनि टिमलाई हारबाट बचाउन सकेनन् ।
अघिल्लो खेलमा नुनेजले लाइपजिगविरुद्ध चार गोल गरेका थिए । प्रशिक्षक योर्गन क्लोपसहित नुनेजसहित दोस्रो रोजाईँका खेलाडीलाई साल्जवर्ग विरुद्ध मैदान उतारेका थिए ।
दोस्रो हाफमा भने क्लोपले पहिलो रोजाइका खेलाडी खेलाए पनि गोल गर्न सकेन ।
प्रतिक्रिया 4