
१२ साउन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३० रुपैयाँले वृद्धि भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।
बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4