
१२ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद दिलकुमारी रावलले प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागी भएको विषयमा सरकारको जवाफ माग गरेकी छन् ।
उनले प्रधान सेनापति इन्डोप्यासेफिक रणनीति (आईपीएस) को कार्यक्रममा सहभागी भएको समाचार आइरहेको भन्दै स्पष्ट पार्न सरकारसँग माग गरेकी हुन् ।
‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आईपीएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ? एकातिर आईपीएसको कार्यक्रममा सहभागी नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागी हुने सरकारको दोहोरो नीति के हो ?’ उनले प्रश्न गरिन् ।
सांसद रावलले कोभिड–१९ को नयाँ भेरियन्ट बढिरहेका बेला सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न नसकेको बताइन् ।
‘कोभिड–१९ को संक्रमण बढिरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।
प्रतिक्रिया 4