
१२ साउन, काठमाडौं । नेपाल र बंगलादेशबीचको जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि विज्ञ समूहसहितको संयुक्त बैठक सुरु भएको हो ।
बैठमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागर राईले नेतृत्व गरेका छन् भने बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका सचिव कबिर विन अनवार सहभागी छन् ।
संयुक्त लगानीमा जलविद्युत् उत्पादन गर्ने विषयमा बैठक केन्द्रित छ । जलस्रोतको उपयोग गर्ने र बाढी नियन्त्रण गर्ने विषय पनि बैठकको एजेन्डाका रुपमा रहेको बैकठमा सहभागी एक नेपाली अधिकारीले बताए ।
जलवायु परिवर्तनको असर कम गर्ने, जलस्रोत उपयोगको अध्ययन र अनुसन्धान बढाउने र र जल तथा मौसमसम्बन्धी तथ्यांकहरूको आदान–प्रदान गर्ने विषयले पनि बैठकमा स्थान पाएका छन् ।
करिब एक दशकपछि नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठक बसेको हो । सन् २००८ मा यो समितिको बैठक बसेको थियो ।
प्रतिक्रिया 4