
१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् ।
प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका थिए ।
‘शेरबहादुर देउवाले हिजो मलाई फोन गरेर आजलाई बैठक राखेर चुनावको मिति घोषणा गर्ने कुरा गर्नुभएको थियो । मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पख्नुस् भनेको छु । अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्छ’ प्रेस सेन्टरका पूर्व पदाधिकारीहरुलाई प्रचण्डले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4