+
+

अस्कलको बेथिति सार्वजनिक गरेको भन्दै महतसँग स्पष्टीकरण मागियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १६:५६

१२ साउन, काठमाडौं । अमृत (अस्कल) क्याम्पसका सहायक प्रमुख (बिहानी सत्र) रवीन्द्रसिंह महतलाई क्याम्पसको आन्तरिक मामिलाका बारेमा सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै क्याम्पस प्रमुख लोकबहादुर बरालले स्पष्टीकरण सोधेका छन् ।

क्याम्पसको आन्तरिक मामिला, क्याम्पस प्रमुखको कार्यशैली लगायत क्याम्पसका शिक्षक तथा कर्मचारीको कमी–कमजोरी भन्दै बनावटी कुरा सञ्चारमाध्यमलाई बताएर क्याम्पसकै मर्यादामा आँच आउने काम गरेको भन्दै क्याम्पस प्रमुख बरालले महतलाई पत्र काटेका हुन् ।

पदीय मर्यादा विपरीत काम गरेको देखिएको भन्दै महतलाई साउन ११ गते ५ बजेभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो । सोही अनुसार सहायक प्रमुखले स्पष्टीकरण दिइसकेको एक विद्यार्थीले जानकारी दिए ।

उनको स्पष्टीकरणलाई लिएर विद्यार्थीले भने विरोध जनाएका छन् । सहायक महतले सत्य कुरा सञ्चारमाध्यममा बोलेको कुरालाई लिएर क्याम्पस प्रमुखले स्पष्टीकरण सोधेर नेतृत्वले आफ्नो कमजोरी लुकाउन खोजेको विद्यार्थीको आरोप छ ।

महतलाई उदृढ गर्दै आएका समाचारको प्रभावका कारण अहिले क्याम्पसमा सकारात्मक परिवर्तनहरु देखिन थालेको विद्यार्थी बताउँछन् । क्याम्पस सुधार गर्नको लागि पहलहरु भइरहेको, कर्मचारी तथा शिक्षकहरु नियमित तथा समयमा आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?