
१२ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योग सञ्चालनको मोडालिटी अन्तिम चरणमा पुगेको बताएका छन् । बिहीबार मकवानपुर उद्योग वाणिजय संघले हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो धारणा राखेका हुन् ।
‘देशभरका रुग्ण उद्योग जसरी पनि सञ्चालनमा हुनुपर्छ,’ मन्त्री बडूले भने, ‘यसका लागि मन्त्रालयले सञ्चालन मोडालिटी बनाइरहेको छ । असोजसम्म यो टुंगिन्छ ।’
रुग्ण उद्योगहरु चलाउने बारे सरकारका निकाय एक मत रहेको भन्दै मन्त्री बडूले यसको लगानी र सञ्चालन मोडालिटी तयार भइरहेको बताए ।
‘सरकार आफैंले चलाउने वा निजी क्षेत्रलाई दिने वा दुवैको संयुक्त लगानी वा तेस्रो पक्षको व्यवस्थापन, जे जसरी पनि हुनसक्छ, उद्योग चलाउने हो’ उनले भने ऽ
स्थानीय स्तरका उद्योगी व्यवसायीलाई पनि समेट्ने मापदण्ड छिट्टै मन्त्रीपरिषद् लगेर पास गराइने उनले बताए । पूर्वदेखि नै रुग्ण उद्योगहरु निरीक्षण गर्दै आएको भन्दै उनले हेटाडौं कपडा उद्योग सञ्चालन पनि सरकारको प्राथमिकता रहेको बताए ।
प्रतिक्रिया 4