
१२ साउन, विराटनगर । प्रदेश १ सरकारले विराटनगरबाट पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा लिने प्रक्रिया सुरु गरेको छ ।
बिहीबार विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले पनि लाइसेन्सको अनुमति पत्रका लागि अनलाइन आवेदन आह्वान गरेको छ । आवेदन भरेकाहरुले विराटनगरमा नै लिखित र प्रयोगात्मक परीक्षा दिन पाउनेछन् ।
यसअघि प्रदेश १ मा इटहरी र विर्तामोडबाट मात्रै हुने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षालाई सेवा कार्यालयमार्फत धनकुटा, उदयपुर र इलाममा विस्तार गरिएको थियो ।
हेर्नुहोस् सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4