+

पोग्बाले कतार विश्वकप गुमाउन सक्ने

२०७९ साउन  १२ गते १९:०५ २०७९ साउन १२ गते १९:०५
पोग्बाले कतार विश्वकप गुमाउन सक्ने

१२ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका पउल पोग्बा प्रिसिजनमै चोटको मारमा परेका छन् । उनले कतार विश्वकप नै गुमाउने खतरा छ ।

युनाइटेडमा ६ वर्षको दोस्रो कार्यकालमा सफल हुन नसकेका २९ वर्षीय फ्रान्सेली मिडफिल्डर पोग्बा विश्वकपअघि लयमा पर्कनका लागि युभेन्ट्स पुगेका थिए ।

युभेन्ट्समा दोस्रो कार्यकालको सुरुवातमै उनी घाइते भए । यो जत्तिको खराब खबर उनको लागि अरु के हुन सक्छ । सुरुमा चोट सामान्य रहेको दावी गरिए पनि अहिले भने यही चोटले उनलाई विश्वकपबाट बाहिर राख्न सक्ने खतरा बढेको छ ।

प्रि सिजन ट्रेनिङका क्रममा फ्रेन्च मिडफिल्डर पोग्बाको दायाँ घुँडामा चोट लागेको थियो । यसअघि ला जगेट्टा डेलो स्पोर्ट्सले चोटका कारण उनी दुई महिना मैदान बाहिर रहनुपर्ने जनाएको थियो । बिहीबार भने विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको घुँडाको शल्यक्रिया गर्नु पर्ने र उनी लामो समय मैदान बाहिर हुने समाचार प्रकाशित गरेका छन् ।

शल्यक्रिया भएमा उनले आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने विश्वकप समेत गुमाउन सक्छन् । विश्वकप उपाधि रक्षा गर्ने फ्रान्सेली अभियानको हिस्सा बन्न पोग्वाको पनि सपना छ ।

शल्यक्रिया गर्नु नपर्दा पनि उनी कम्तीमा २ महिना मैदान बाहिर हुनेछन् । यसबारे युभेन्ट्सले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।

पउल पोग्बा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय