+
+

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १९:०४

१२ साउन, काठमाडौं । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो ।

तर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?