
१२ साउन, काठमाडौं । सेभ द चिल्ड्रेनले अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको जनाएको छ । उसका अनुसार एक करोड ३० लाख अफगान नागरिकलाई मानवीय सहायताको तत्काल आवश्यकता छ ।
सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको बीचमा आपतकालीन वा महत्वपूर्ण खाद्य असुरक्षाको अनुभव गर्न सक्ने छन् ।
तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि र बढ्दो गरिबी र वित्तीय अस्थिरतासँगै देशको अर्थतन्त्रमा उल्लेखनीय सङ्कुचन आएपछि अफगान नागरिक समस्यामा परेका हुन् ।
संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमलाई उद्धृत गर्दै प्रतिवेदनले अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या चरम गरिबीमा बाँचिरहेको र दिनप्रतिदिन गरिबीको रेखामुनि गइरहेको उल्लेख गरेको छ । पाँच वर्षमुनिका ११ लाखभन्दा बढी अफगान बालबालिका तीव्र कुपोषणको सिकार भएका छन् ।
प्रतिक्रिया 4