+
+

हेटौंडा उपमहानगरका उपभोक्तालाई नि:शुल्क खानेपानी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते २०:००

१२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आफ्ना उपभोक्तालाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ ।

उपमहानगरपालिकाकी मेयर मिना लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टसहित १८ वटा वडाका वडाध्यक्ष र बोर्डका पदाधिकारीको बैठकले १० हजार लिटरसम्मको खानेपानी निशुल्क गर्ने निर्णय गरेको हो । यसअघि १० हजार लिटरसम्म पानी प्रयोग गर्नेले मासिक ८५ रुपैयाँ महशुल लिइँदै आएको थियो ।

खानेपानी निशुल्क गर्ने निर्णयलाई नगर कार्यपालिकाको आगामी बैठकबाट औपचारिक निर्णय गरी कार्यान्वयनमा लैजाने उपमेयर राजेश बानियाँले जानकारी दिए ।

यस निर्णयबाट बोर्ड अन्तर्गतका करिब २३ हजार धाराबाट खानेपानी उपभोग गरिरहेका उपभोक्ता लाभान्वित हुनेछन् । निःशुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोगको आधारमा हुनआउने रकम उपलब्ध गराउने उपमेयर बानियाँले बताए । साथै उपभोक्ता समितिमार्फत पानी उपभोग गरिरहेका उपभोक्तालाई समेत बोर्ड अन्तर्गत समेटेर सुविधा उपलब्ध गराइने उनले जानकारी दिए ।

गएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएलगत्तै मेयर लामाले पदस्थापनको समयमा उपमहानगरभित्र रहेका १ हजार ५ सय ४१ अति विपन्न परिवारलाई १५ हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?