
१२ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्षमा १० अर्बको नभई एक अर्ब ९३ करोड रुपैयाँको औषधि र उपकरण खरिद भएको स्पष्टिकरण दिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको आशंका गर्दै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण सोधेका थिए ।
विभागले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी १० अर्बको औषधि उपकरण खरिद नै नभएको दावी गरेको हो । विभागका अनुसार गत वर्ष सुरु भएका ७० वटा खरिद क्रियाकलापमध्ये ५७ वटा क्रियाकलापका लागि ६३ वटा सम्झौता भएको र ४१ वटा कम्पनीसँग सम्झौता भएको हो ।
विभागले ती सबै कम्पनीहरुको नाम पनि सार्वजनिक गरेको छ । खरीद सम्बन्धी काम प्रचलित कानुन विपरीत नभएको र स्वच्छ, प्रतिस्पर्धा हुने गरी निष्पक्ष ढंगले गरिएको विभागको दावी छ ।
हेर्नुस् विभागको विज्ञप्ति र सार्वजनिक गरेको खरिद सम्झौताको सूची :
प्रतिक्रिया 4