
यती एयर । फाइल तस्वीर
१३ साउन, काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।
यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए ।
‘हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ,’ उनले भने । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।
इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4