
१३ साउन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार १ सय रुपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८ सय र तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य १ हजार २२० रुपैयाँ प्रतितोला कायम भएको छ । बिहीबार चाँदीको मूल्य १ हजार १८५ रुपैयाँ तोलाका कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4