+
+

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधाण सभा

२४ साउनसम्म सेयर किन्नेले ३० प्रतिशत बोनस सेयर पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १३:११

१३ साउन काठमाडौं । सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्न नागरिक लगानी कोषले २७औं वार्षिक साधारण सभा बोलाएको छ । ६ भदौमा कोषको केन्द्रीय कार्यालय सीआईटी भवन नयाँ बानेश्वरमा सधारण सभा हुने जनाएको छ ।

कम्पनीले साधारण सभामा सञ्चालक समितिले आब २०७७/७८ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनन सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पेश गर्नेछ ।

यस्तै सञ्चालक समिति अध्यक्षले पशे गर्ने आब २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकका प्रतिवेदन परित गरी २०७८ असार मसान्तसम्मको वासलात नाफा/नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा साधारण सभामा पेश गर्नेछ ।

साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक पनि निवार्चित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कोषले २५ साउनमा एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । जसअनुसार २४ साउनसम्म कायम सेयरधनीहरु मात्र प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?