
१३ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् ।
‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने सहमति भयो’ उनले ट्वीटरमा लेखेका छन् ।
गत वर्षको चैतमा राजदूत नियुक्त भएका शर्माले विदेश सचिवसँग भेट गरे पनि विदेशमन्त्री एस जयशंंकरलाई ओहोदाको प्रमाणत्र बुझाउने समय अझैं पाएका छैनन् । यद्यपि, भारत सरकारका विभिन्न तहका पदाधिकारीसँग उनको भेट भने दिपक्षीय भ्रमणका क्रममा पटकपटक भइरहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4