
काठमाडौं । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।
गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए ।
कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न नपाएकाले पुनः रिलिज गर्न लागेको उनले बताए ।
फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4