
१३ साउन, काठमाडौं । संसदीय विशेष समितिले करका दर हेरफेर गर्ने कारण र राजस्व परिचालनमा पार्ने प्रक्षेपण सुरक्षित राख्नुपर्ने निष्कर्ष निकालेको छ ।
करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रयोग भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित समितिले यस्तो निचोड निकालेको हो ।
‘…करका दरहरू हेरफेर गर्ने कारण र औचित्य पुष्टि तथा राजस्व परिचालनमा पार्ने अनुमानित असरको प्रक्षेपण गर्ने कागजातहरू सुरक्षित राख्नु पर्दछ ।’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘राजस्वका दर निर्धारण र हेरफेर अत्यन्तै महत्वपूर्ण र संवेदनशील विषय भएकाले यस प्रक्रियामा संलग्न हुने आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व व्यवस्थापन महाशाखा, राजस्व सचिव र अर्थ सचिवले गरेका काम कारबाहीहरूको लिखित अभिलेख व्यवस्थित गर्नुपर्ने, निर्णयहरूको अभिलेख राख्नुपर्ने, तल्लो तहबाट प्रस्ताव गरिएका नीति र दरहरूको सिफारिसको अभिलेख सुरक्षित राख्नुपर्ने ।’
प्रतिक्रिया 4