
१३ साउन, जनकपुरधाम । सर्लाहीमा टिपरले दिएको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका १० किसनपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१क ०१९६ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।
ठक्करले मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मिनिया बस्ने २६ वर्षीय मुकेश साहको घट्नास्थलमै मृत्यु भएको यादवले बताए ।
ठक्कर दिने टिपर एवम् चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4