१३ साउन, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले आफ्नी दिवंगत आमाको नाममा सुरु गरेको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको चौथो संस्करण अर्को साता आयोजना हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी साउन १६ देखि २१ गतेसम्म सातदोवाटोस्थित स्क्वास कोर्टमा आयोजना हुनेछ ।
प्रतियोगिताको यो संस्करणमा खुला महिला, मुला पुरुष, मास्टर खुला पुरुष (५० वर्षमाथि), जुनियर व्वाइज खुला तथा प्लेट गरी ५ विधा समावेश गरिएको छ । १ सयभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ ।
१ लाख ३५ हजार रुपैयाँ कुल पुरस्कार राशीको व्यवस्था भए पनि विधागत रुपमा विजेता खेलाडीले पाउने पुरस्कार रकम सार्वजनिक गरिएको छैन । लुनियरतर्फ उत्कृष्ट खेलाडीलाई संघबाट विशेष प्रशिक्षणको अवसर दिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया 4