
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लमजुङको मध्यनेपाल नगरपालिका-३ स्थित सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
ग्लोबल आईएमई बैंकले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4