१४ साउन, काठमाडौं । डिफेन्डर कुलदिप कार्की भारतीय क्लब रेल्वे एफसीमा अनुबन्धित भएका छन् ।
ए डिभिजन क्लब जावालाखेलबाट खेल्दै आएका कुलदिपलाई एक सिजनको लागि अनुबन्ध गरिएको रेल्वेले सामाजिक संजालमार्फत जनाएको छ । तर अनुबन्ध रकम भने खुलाएको छैन ।
कुलदिपले अब रेल्वेबाट कलकता फुटबल लिग खेल्ने छन् ।
कुलदिपले गत सिजन ए डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए । कुलदिपले एफसी चितवनबाट पहिलो सिजनको नेपाल सुपर लिग खेलेका थिए ।
यसअघि ए डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मी काेलकता लिग क्लब खिदिरपुर स्पोर्टिङ क्लबले अनुबन्ध गरेकाे थियाे ।
प्रतिक्रिया 4