+

महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

२०७९ साउन  १४ गते १६:११ २०७९ साउन १४ गते १६:११
महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

१४ साउन, काठमाडौं । आउँदो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ ।

शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् ।

त्यस्तै समूह ए मा भारत, बंगलादेश माल्दिभ्स र पाकिस्तान रहेका छन् ।  साफ च्याम्पियनसिपमा नेपाल धेरै पटक उपविजेतामा नै सीमित भएको छ ।

प्रायजसो खेलमा फाइनल पुगेको नेपालले भारतसँग पराजय व्यहोर्दै आएको छ । प्रतियोगिता नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

खेलकुद फुटबल महिला साफ च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय