
फाइल तस्वीर
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा सुधार आएको छ ।
गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले जानकारी दिए । ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४/५ दिनमा डिस्चार्ज हुनुहुन्छ होला,’ खनालले अनलाइनखबरसँग भने ।
लामो समय भारतमा उपचार गरी फर्केका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसीटी अस्पतालमा भर्ना गरिएको थियो ।
भारतमा उपचार गरिएको समस्याको थप उपचारका लागि भर्ना नभएको खनालले जानकारी दिए । उनले भने, ‘भारतमा उपचार गरिएको र यहाँ उपचार गर्नुको फरक समस्या हो । निमोनियाको उपचारका लागि भर्ना हुनुभएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4