
१५ साउन, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
छापावाल सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६ सय र तेजावी सुनको ९५ हजार एक सय रुपैयाँ थियो ।
आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4