
काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवालाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ ।
निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढी निर्माण कर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसँग समन्वय गरी पीडित परिवारको घरमा नै गएर कम्पनीका प्रतिनिधीहरुले बीमा रकम हस्तान्तरण गरेका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4