
१५ साउन, काठमाडौं । नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूचीमा राखेको युरोपेली युनियन (ईयू) को टोली सेफ्टी अडिट गर्न नेपाल आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ईयूले निकट भविष्यमा नेपालमा सेफ्टी अडिट गर्न आउनेबारे पत्राचार भएको जानकारी दिए । यस्तो पत्राचार शुक्रबार प्राप्त भएको र यो नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।
ईयू नेपालमाविना शर्त अडिट गर्न आउन तयार भएको भन्दै नेपाल अधिकतम तयारीका साथ प्रस्तुत हुने उनले बताए ।
यसअघि यसै वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मूल्यांकनमा नेपालले औसत भन्दा राम्रो नतिजा ल्याएको र यो ईयूको हकमा समेत सहयोगी हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4