
१५ साउन, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध सरोकारवालाहरुले धर्ना दिएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१लाई संसोधन गर्न बनेको विधेयकविरुद्ध सरोकारवाला संस्थाहरुले आइतबार बिहान एक घण्टा माइतीघर मण्डलमा धर्ना दिएका हुन ।
सरकारले हालै ल्याएको संशोधन विधेयक संसदमा विचाराधीन छ। संशाधेन विधेयकमा गम्भीर अपराधमा संलग्नलाई मात्रै मुद्दा चलाउने र अन्यमा मेलमिलापलाई प्राथमिकता दिने उल्लेख छ ।
विधेयक सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुरुप आउनुपर्ने सरोकारवाला निकायको माग छ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4