
१५ साउन, भोजपुर । भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो ।
यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4