
१५ साउन, वीरगञ्ज । भारतबाट राजश्व छलेर ल्याइएको चाँदीको कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिल कुमार साह पक्राउ परेका हुन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आइतबार बिहान सवा ११ बजे वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट उनलाई पक्राउ गरेको थियो ।
रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ५ एएस २१६२ नम्बरको मोटरसाइकलमा साहले बोकेको खैरो रङको झोलाभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्तिहरु ११०६ ग्राम ४०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनलाई बरामद गरिएको सामग्री सहित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4