
१५ साउन, काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई परिमाणका नभई गुणस्तरीय व्यवसाय गर्न निर्देशन दिएको छ । आइतबार सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर बीमा समितिले ‘जोखिमांकन’ फितलो भएको भन्दैसुधार गर्न निर्देशन दिएको प्रवक्ता राजुरमण पौडेलले बताए ।
‘बीमा कम्पनीको जोखिम मूल्यांकनको काम कमजोर भयो, कम्पनीहरुले त्यसमा सुधार ल्याउनुपर्छ,’ उनले भने, ‘परिमाणको होइन, गुणस्तरको विजनेस गर्नुपर्छ भनेका छौं ।’
बीमा रकमकै लागि बााकेको कोहलपुर घर भएका सर्जन बिकको हत्या भएको थियो । अष्ट्रेलिया जाने प्रलोभन देखाएर सपना मल्लसाग नक्कली बिहे गरी विवाह दर्ताको प्रमाणपत्र बनाइएको घटाना बाहिरिएको थियो ।
‘बीमा कम्पनीले वित्तीय जोखिमांकन र स्वास्थ्य जोखिमांकन तथा अभिकर्ताले गरेको व्यवसायमा ठूलो-ठूलो बीमामा उनीहरुले दिएको ‘अन्डरराइटिङ’मा बीमा कम्पनीले ध्यान दिनुपर्छ भन्ने हो,’ उनले भने, ‘पुनः यस्तो कमजोरी हुन नदिने के उपाय छन् ल्याउनुस् भनेर बीमा कम्पनीलाई निर्देशन दिएका छौं, आगामी आइतबार थप छलफलपछि एउटा निर्देशन जारी गछौं ।’
समितिले बीमा गर्दा ‘इच्छ्याएको व्यक्ति’ छनोट गर्दा अनिवार्य नाता प्रमाणित गर्ने व्यवस्था गर्न समितिले छलफल गरेको उनले बताए । बीमा गर्दा नाता प्रमाणित भएको मान्छे ‘इच्छ्याएको व्यक्ति’ राख्न सके यस्तो घटनामा न्युनीकरण गर्न सकिन्छ भन्ने समितिको विश्वास रहेको उनले बताए ।
बीमा कम्पनीको ‘अन्डरराइटिङ’ पोलीसीमा कमजोरी र लापवाही गर्दा यस्ता घटाना भएको समितिको निष्कर्ष छ । यस्तै उक्त बीमाको सम्पुर्ण विवरणसहित तत्कालीन सीईओको भूमिका के हो भन्ने विषयमा पनि छलफल हुने उनले बताए ।
रिलायन्स लाइफलाई उक्त बीमाको सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको समितिले जनाएको छ ।
प्रतिक्रिया 4