
१६ साउन, काठमाडौं । रुपन्देहीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
उत्तर प्रदेशको महाराजगंग जुगौलीका ४५ वर्षीय आशी साहु १२ लाख ५० हजार नगदसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो साढे २ बजे लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
साहुको साथबाट एक हजार दरका ११ लाख, ५०० दरका एक लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
साहुलाई बरामद रकम र मोटरसाइकलसहित भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4