
१६ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बरारबको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र अंकितमूल्य १००० रुपैयाँका दरले कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
दश वर्ष अवधिको ऋणपत्रको ११ प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सोमबार ऋणपत्र निष्कासनका लागि महालक्ष्मी विकास र एनआईसी एसिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्झौता भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।
उक्त ऋणपत्र मध्ये ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ ।
प्रतिक्रिया 4