
काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ ।
गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् ।
दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी २’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । फिल्ममा प्रकाश र केकीका साथै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतले अभिनय गरेका छन् ।
फिल्मलाई मानकृष्ण महर्जनको छायांकन, दीर्घ गुरुङको सम्पादन र रमेश बीजीको कथा रहेको छ । फिल्मका निर्माता राजेश वंशल र नारायण रायमाझी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4