
१६ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशनका लागि पूर्वस्वीकृति लिएर पनि विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र लिएका १४८ वटा संस्थाहरुलाई जरिवाना गरेको छ ।
इजाजतपत्र लिएका ती संस्थाहरुलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
जरिवानामा परेका इजाजतपत्र लिएका ती संस्थाहरुले ३ र ४ साउनमा राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशनका लागि विभागबाट स्वीकृति लिएका थिए । तर ती संस्थाहरुले विज्ञापन प्रकाशन नगरेको पाइएपछि वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।
हेर्नुहोस् कारबाहीमा परेका संस्थाहरुः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4