
१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गंगा आरतीमा सहभागी हुन सोमबार साँझ पशुपति क्षेत्रमा पुगेका छन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति क्षेत्रमा पुगेका हुन् ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् ।
पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगा आरती परिवारलाई अनुमति दिएको छ । साउन महिनाभर पशुपतिमा भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4