
१६ साउन, काठमाडौँ। ‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिक्किमका पूर्वमुख्यमन्त्री डा.पावन चाम्लिङको उपस्थितिमा भिडियो रिलिज गरिएको हो ।
अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बीच परिचित हिमालय म्युजिक एकेडेमीको प्रस्तुतीमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली टाढा टाढा जति टाढा गए पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश गीतले दिएको छ ।
९ वर्षका बालगायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन् ।
आइतराज थुम्बापोको शब्द सृजना तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन छ । रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन सुरेन्द्रमान सिंहले गरेका हुन् ।
प्रतिक्रिया 4