
१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता श्यामबाबु गौतमले नयाँ दल बनाएका छन् ।
केही समयदेखि निष्क्रिय रहेका गौतमले ४० वर्षमुनिका युवालाई समेटेर आफ्नो नेतृत्वमा पुनर्जागरण पार्टी दर्ता गरेका हुन् । पार्टीको महासचिवमा रविकिरण हमाल छन् । २१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत महिला छन् ।
गौतमका अनुसार उनको समूहले दलको नाम चिया पार्टी, चुनाव चिह्न वाइफाइ र झण्डामा गाँजाको पात राखेर दल दर्ताका लागि निवेदन दिएको थियो । तर निर्वाचन आयोगले तीनवटै प्रस्ताव अस्वीकार गर्यो र नयाँ नाम, चिह्न प्रस्ताव गर्न भन्यो ।
त्यसअनुसार पुनर्जागरण पार्टी दर्ता भएको छ । आयोगको १२ साउनको बैठकले दल दर्ताको निर्णय गरेको छ ।
पूर्वीय दर्शनमा आधिरित मानवतावादलाई पार्टीको मार्गदर्शन सिद्धान्त बनाएको भन्दै अध्यक्ष गौतम भन्छन्, ‘अब जन संगठनहरुको नाम चाहिँ चिया पार्टी, वियर पार्टी, गाँजा पार्टी राख्ने योजना बनाएका छौं ।’ युरोपका थुप्रै देशमा यस्तो अभियान चलेको र पुराना दलहरुलाई व्यंग्य गर्न खोजेको उनले बताए ।
प्रतिक्रिया 4