+
+

घरमा रकेट बमको खोल भेटियो, आजीवन पीएसओ चाहियो : सांसद रेनुका गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १३:४९

१७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् ।

मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् । उनले सुरक्षाको कारण दखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग राखेकी छन् ।

के भनिन् उनले संसदमा ?

मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभरि देश र समाजको लागि सेवा गरेवापत म संग प्रशांसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरुले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए ।

झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिन । महाराजगञ्जको  थानाको नम्बर खोजेर फोन गरेँ, माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ ।

कम्पाउण्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो । अत: म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।

हाम्रो संयन्त्रमा सूचना आएको छैन : प्रहरी

तर, उपत्यका प्रहरी कार्यालयका प्रमुख रवीन्द्रबहादुर धानुकले चाहिँ गएराति टोखा क्षेत्रमा विस्फोट भएको भन्ने सूचना प्रहरीको कुनै पनि संयन्त्रमा नआएको बताएका छन् ।

‘फोनमा नलागे १०० मा फोन गरेर सूचना दिन सकिन्छ । १०० मा २४ सै घण्टा फोन लाग्छ, सूचना लिइन्छ’, प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी धानुकले थपे, ‘अझै पनि प्रहरीलाई सबै विवरण प्राप्त भए छानबिन हुन्छ ।’

सांसद गुरुङको भनाइ  भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?