
काठमाडौं । आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ गते काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । भारतका ६ अन्तर्राष्ट्रिय मोडलसहित ३० मोडलले शोमा र्याम्प नाप्नेछन् ।
आईसी कलेजको आयोजनामा हुने फेसन शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि अडिसनबाट २४ जना मोडल छनोट गरेको हो ।
फेसन शोमा ६१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन प्रस्तुत गरिने जनाइएको छ । लामो समयदेखि नियमित रुपमा आयोजना भइरहेको फेसन शो यस वर्ष विगतभन्दा भव्य र उत्कृष्ट बनाउने तयारीमा भइरहेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए ।
शोको उद्देश्य नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यू सिंह तोमर पनि नेपाल आउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4