
१७ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनले सुविधा दिएको बाहेकका कर्मचारीलाई सवारी साधन र इन्धन खर्च नदिन निर्देशन दिएका छन् ।
मंगलबार मन्त्री र सचिवहरुको संयुक्तमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले इन्धनको मुल्य वृद्धिसँगै विदेशी मुद्रा संचितीमा असर गरिरहेको भन्दै कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधनको सुविधा पाए/नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिएका हुन् ।
उनले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक बर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि निर्देशन दिएका छन् । विद्युत खपत बढाउने, निर्यातलाई प्रबद्धन गर्ने योजना बनाएर अघि बढ्न पनि भनेको एक सहभागीले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलव्ध गराउन पनि निर्देशन दिए । ‘सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ उनले भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’
प्रतिक्रिया 4