
काठमाडौं । मोडलिङ हुँदै मिस नेपालसम्मको यात्रा तय गरेकी प्रियंकारानी जोशीको उमेर २४ वर्ष पुग्यो । तर उनको विचार ‘मच्योर्ड’ सुनिन्छ । ५ फिट ५ इन्च उचाइकी प्रियंकाको तौल ५५ किलो छ । अहिलेसम्म सिंगल रिलेसनसिप स्टाटसकी उनी आफूलाई माया र केयर गर्ने पुरुष मन पराउँछिन् ।
उनी मंगलबार अमेरिकातर्फ उडेकी छन् । त्यसतर्फ उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रियंका अनलाइनखबरको भ्यु फाइन्डरमा कैद भइन् । मीठो मुस्कान, सुरिलो बनोट र चम्किलो कायामा उनी आकर्षक देखिएकी थिइन् ।
मिस वर्ल्डको तयारीको लागि पनि पहिलो विदेश भ्रमणमा निस्किएकी प्रियंकाको अनुहारमा खुसी र उत्साह एकैसाथ चम्किएको थियो ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4