
काठमाडौं । अंग्रेजी महिना अगस्ट फिल्म र सिरिजप्रेमीको लागि खास बन्ने निश्चित छ । यो महिना ओटीटी प्लेटफर्ममा पनि तपार्ईंलाई खास फिल्म र सिरिज हेर्ने मौका मिल्नेछ ।
बलिउड के ल्याउँदैछ ?
अक्षयकुमार स्टारर फिल्म ‘रक्षाबन्धन’ ११ अगस्टमा रिलिज हुँदैछ । आनन्द एल राय निर्देशित फिल्ममा तपाईंले भाइ–बहिनीको सम्बन्ध पाउनुहुनेछ । रक्षाबन्धनकै मेसोमा फिल्म आउन लागेको हो ।
११ अगस्टमै आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ पनि आउँदैछ । यो फिल्म हलिउडको टम ह्यांक्स स्टारर ‘फरेस्ट गम्प’को रिमेक पनि हो । साउथ सुपरस्टार विजय देवरकोन्डा ‘लाइगर’मार्फत बलिउडमा डेब्यु गर्दैछन् ।
अगस्ट २५ मा रिलिज हुने ‘लाइगर’लाई करण जोहरको धर्मा प्रोडक्सनले निर्माण र पुरी जगन्नाथले निर्देशन गरेका हुन् । फिल्ममा विजय देवरकोन्डाको अपोजिटमा अनन्या पाण्डे प्रस्तुत हुँदैछिन् ।
अगस्ट ५ मा नेटफ्ल्क्सिमा आलिया भट्ट अभिनित ‘डार्लिङ्स’ रिलिज हुँदैछ । आलियाले निर्मात्रीको रुपमा बलिउडमा नयाँ करिअर सुरु गर्दैछिन् । आमा र छोरीको सम्बन्धमा बनेको यो फिल्ममा आलियासहित सेफाली शाह, विजय वर्मा र रोशम म्याथ्यु पनि देखिंदैछन् ।
तापसी पन्नु र अनुराग कश्यपको हिट जोडी फिल्म ‘दोबारा’बाट पुनः एक भएको छ । मिस्ट्री र थ्रिलर फिल्म अगस्ट १९ मा रिलिज हुँदैछ । यो फिल्म सन् २०१८ मा रिलिज भएको स्पेनी फिल्म ‘मिराज’को रिमेक हो ।
राजपाल यादवको ‘म्याच अफ लाइफ’ अगस्ट ५ मा आउँदैछ । नवाजुद्दिन सिद्दिकी अभिनित ‘होली काउ’ अगस्ट २६ मा रिलिज हुनेछ ।
हलिउड के ल्याउँदैछ ?
सोनी पिक्चर्सले निर्माण गरेको फिल्म ‘बुलेट ट्रेन’ अगस्ट ५ मा रिलिज हुँदैछ । यो एक्सन थ्रिलर फिल्ममा ब्राड पिट, जोन्ही किङ र सेन्ड्रा बुलकको मुख्य भूमिका छ ।
सर्भाइभल थ्रिलर फिल्म ‘बिस्ट’मा एड्रिस एल्बाको मुख्य भूमिका छ जुन १९ अगस्टमा प्रदर्शन हुनेछ । ट्रेलरबाटै यो फिल्मले राम्रो प्रशंसा बटुलेको छ ।
तपाईंलाई हरर फिल्म मनपर्छ भने ‘बारबेरियन’ रुचिकर हुनसक्छ । इट, द गार्ड र द लर्ड अफ दी रिङ्स निर्माताले बनाएको यो फिल्म ३१ अगस्टमा प्रदर्शन हुनेछ ।
३१ अगस्टमै ‘थ्री थाउजेन्ड इयर्स अफ लन्गिङ’ रिलिज हुनेछ । फेन्टासी ड्रामा फिल्ममा एड्रिस एल्बा र टिडा स्विल्टनको मुख्य भूमिका छ । जर्ज मिलर निर्देशित यो फिल्म एउटा छोटो फिल्मबाट प्रेरित छ ।
ओटीटी प्लेटफर्म के ल्याउँदैछन् ?
१६ अगस्टमा दिल्ली क्राइम सिजन २ आउँदैछ । यसको दोस्रो भाग दर्शकले सोही मितिमा नेटफ्लिक्समा हेर्न पाउनेछन् । यसको पहिलो भागलाई पनि दर्शकले निकै रुचाएका थिए ।
नेटफ्लिक्सले अगस्ट १० मा इन्डियन म्याचमेकिङको दोस्रो भाग ल्याउँदैछ । वेब सिरिज महारानीको दोस्रो सिजन पनि सोनी लिवले ल्याउँदैछ ।
हलिउड स्टार जेसन मोमोआ, सिल्भिया होक्स अभिनित ‘सी’को तेस्रो सिजन २६ अगस्टमा स्ट्रिमिङ हुनेछ । यो सिरिज एक्सन, ड्रामा र साइन्स फिक्समा आधारित छ ।
‘सी हल्क’ बहुप्रतीक्षित वेभ सिरिज हो, जुन १७ अगस्टमा डिज्नी प्लसमा आउँदैछ । यो सिरिज एक वकिल जेनिफर वाल्टर्सको जीवनमा आधारित छ । जसमा ततियाना मसलनी, मार्क रफेलो र टिम रोथले लिड भूमिकामा अभिनय गरेका छन् ।
प्रतिक्रिया 4