+
+

मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुला, १० स्थानमा अडिसन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १४:५८

काठमाडौं । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला भएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिस्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एपमार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश चौधरीले जानकारी दिए ।

आवेदनका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ ।

मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ । विगतमा जस्तै यसपटक पनि देशका मुख्य १० सहरमा अडिसन हुँदैछ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुने जनाइएको छ । पहिलो दिन सुनसरीको झुम्का, वीरगञ्ज, भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुनेछ ।

यस्तै दोस्रो अडिसन साउन २४ गते विराटनगर, सिरहाको लहान र कैलालीको टीकापुरमा एकैसाथ हुनेछ भने तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एकैसाथ हुनेछ ।

अडिसनबाट छनोट भएकाहरुलाई भदौमा अभिमुखीकरणमा सहभागी गराइने र त्यसलगत्तै काठमाडौंमै  ग्राण्डफिनाले गर्ने आयोजकको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?